![]()
काश्की । पूर्व प्रधानमन्त्री एवम नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले माओवादी पार्टी चलाउन नसकेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेमा ‘मर्ज’ गरेको आरोप लगाएका छन्।
संसदी पत्रकार मञ्च प्रदेश ४ ले आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले दुई वर्ष अगाडि प्रचण्डलाई आफूले नयाँ समाजवादी र वैकल्पिक शक्ति बनाउन भने पनि उनले नमानेको बताए।
उनले सत्ता र स्वार्थमा डुबेर एकता भएको भन्दै यो धेरै नटिक्ने टिप्पणी गरे। एकीकृत पार्टी सधैंभरि पाँच वर्षसम्म चल्ला त्यसपछि नचल्ने उनको भनाइ थियो।
उनले नवगठित नेपाल कम्युनिष्ट पार्टी(नेकपा) देशको ठूलो पार्टी भए पनि पार्टीले जनताको आवश्यकता पूर्ति गर्न नसक्ने बताए।
उनले विश्वमा नै अहिले दुई धारको राजनीति रहको बताउँदै ति दुई धारभन्दा फरक भएर नयाँ शक्ति आएको उल्लेख गरे।


