Breaking News.... EverestOnlineKhabar
June 28, 2026

भारतको गुजरातमा ट्रक दुर्घटनामा परी कम्तीमा १९ मजदुरको मृत्यु

Loading

बीबीसी । भारतको गुजरात राज्यमा शनिबार भएको ट्रक दुर्घटनामा परी कम्तीमा १९ व्यक्तिको मृत्यु भएको छ । भावननगर–अहमदावाद राजमार्गमा भएको सो दुर्घटनामा सिमेन्टका बोराले भरिएको एक ट्रकमा बसेर गएका १९ मजदुरको मृत्यु भएको सरकारी अधिकारीले जानकारी दिएका छन् । दुर्घटनामा अरु ६ जना घाइते भएका छन् ।

दुर्घटनामा परी १८ जनाको घटनास्थलमा नै र अन्य एक घाइतेको उपचारकाक्रममा अस्पतालमा मृत्यु भएपछि मृत्यु हुनेको संख्या १९ पुगेको बताइएको छ ।

सिमेन्टका बोरा लिएर गइरहेको उक्त ट्रकमा ती सिन्मेटका बोरामाथि बसेर गइरहेका मजदुरको मृत्यु भएको प्रहरी अधिकारीले जानकारी दिएका छन् । गुजरात राज्यको अतिव्यस्त सडकमा दुर्घटना भएको र पछिल्लो समयमा भएका दुर्घटनामध्ये यो सबैभन्दा धेरै घातक भएको अधिकारीले बताएका छन् ।

दुर्घटनामा परी मृत्यु भएका १९ जनामध्ये १२ जना महिला रहेका छन् भने तीनजना किशोरावस्थाका र चारजना पाका पुरुष रहेका छन् । दुर्घटनामा परी मृत्यु भएका सबै मजदुरी कामका लागि आनन्द जिल्लामा पर्ने कार्यस्थलतर्फ गइरहेका थिए । उनीहरुले आफ्नो कार्यस्थलमा जानका लागि सिन्मेटका बोरा बोकेर गइरहेको ट्रक चालकलाई १२ सय भारु तिरेका बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.