Breaking News.... EverestOnlineKhabar
June 28, 2026

अमेरिकाको टेक्सासमा अन्धाधुन्ध गोली प्रहार, १० जनाको ज्यान गयो

Loading

बीबीसी । अमेरिकाको टेक्सासमा रहेका एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार भएको छ । घटनामा १० जनाको ज्यान गएको स्था छ । अरु १० जना घाइते भएका छन् ।

ह्युसटनबाट ६५ किलोमिटरको दूरीमा रहेको सेन्टा फी हाइस्कूलमा अन्धाधुन्ध गोली प्रहार भएको हो । घटनामा ज्यान गुमाउनेमा अधिकांश विद्यार्थी रहेको स्थानीय अधिकारीले बताएका छन् ।

गोली चलाउने विद्यालयकै छात्र १७ वर्षका दिमिट्रिओस पागोउर्ट्ज्इसरहेको प्रहरीले उल्ले गरेको छ । उनले आफ्ना बुवाको सटगन र रिभोल्भरबाट गोली चलाएका हुन् । उनका बुवाले कानुन अनुसार नै ती हतियार लिएका थिए ।

गएको फेब्रुअरीमा फ्लोरिडाको पार्कल्याण्डमा रहेको विद्यालयमा भएको अन्धाधुन्ध गोली प्रहारमा १७ जनाको ज्यान गएको थियो । त्यसपछि अमेरिकाभर युवाको अगुवाईमा बन्दुक नियन्त्रण सम्बन्धी कानुन बलियो बनाउन माग गर्दै अभियान सुरु भएको थियो ।

स्थानीय समय अनुसार शुक्रबार बिहान स्कूल सुरु हुनेबेला अन्धाधुन्ध गोली प्रहार भएको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.