![]()
एजेन्सी। बलिउड अभिनेता अर्जुन रामपालको वैवाहिक जीवनमा संकट देखिएको छ । उनी पत्नी मेहर जेसिया र छोरीहरू माहिका र माहिरालाई छाडेर भिन्नै बस्न थालेका छन् ।
अभिनेता ऋतिक रोशनकी पूर्वपत्नी सुजैन खानसँग सम्बन्ध रहेका कारण अर्जुनले पत्नी छाडेको हुनसक्ने अनुमान गरिएको छ । अघिल्लो वर्षको एउटा पार्टीमा सुजैन खान र जेसियाबीच झगडा भएको थियो ।


