Breaking News.... EverestOnlineKhabar
June 28, 2026

बीपी राजमार्गमा १८ भन्दा बढी सिट क्षमता भएका र १० भन्दा बढी वजन भएका सवारी निषेध

Loading

काठमाडौं । बीपी राजमार्गमा १८ भन्दा बढी सिट क्षमता भएका यात्रुवाहक र १० टन भन्दा बढी वजन भएका मालवाहक सवारीसाधन बाहेक अन्यलाई सञ्चालनमा रोक लगाइएको छ।

सडक सुरक्षा र सुरक्षित यात्रालाई मध्यनजर गर्दै नियम विपरित सञ्चालन हुँदै आएका त्यस्ता सवारी साधनलाई कारबाही गर्ने जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

राजमार्गमा २ हजार मिलिमिटरभन्दा बढी ह्लिबेस भएका र १८ भन्दा बढी सिट क्षमता भएका यात्रुवाहक सार्वजनिक सवारी साधनलाई सञ्चालनमा रोक लगाइएको हो ।

१८ सिटभन्दा बढी क्षमता भएका सवारी साधन सञ्चालनका लागि यातायात व्यवस्था कार्यालयबाट इजाजत लिनुपर्ने अन्यथा सञ्चालन गर्न नदिने स्पष्ट पारिएको छ ।

सरकारले २०७२ असोज १ गतेबाट यो राजमार्गमा १८ सिट क्षमता भएका यात्रुवाहक तथा १० टनभन्दा बढी वजन भएका मालवाहक सवारी साधनबाहेक अन्यलाई सञ्चालन हुन नदिने निर्णय गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.