Breaking News.... EverestOnlineKhabar
June 28, 2026

क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको फाइनल खेल्ने पक्का :जिदान

Loading

एजेन्सी । रियल मड्रिड स्टार क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको फाइनल खेल्ने पक्का भएकाे म्यानेजर जिनेदिन जिदानले बताएका छन्। युक्रेनको किभमा आगामी मे २६ मा हुने लिगको उपाधी भिडन्तमा लिभरपुललाई पराजित गर्दै रियल लगातार तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि जित्ने दाउमा छ।

रोनाल्डोले गोलीगाँठोको मांसपेशीमा आएको खिचाँवमा कारण पछिल्लोपटक बार्सिलोनासँगको एल क्लासिको भिडन्तमा मैदानमा उत्रिएका थिएनन्। तर उनले लालिगाअन्तर्गत नै शनिबार भिल्लारियलविरुद्ध हुने खेल खेल्ने बताइएको छ।

रोनाल्डोको स्वास्थ्य अवस्थाको बारेमा टिम म्यानेजर जिदानले भने,‘अहिले रोनाल्डो १ सय २० प्रतिशत फिट छन्। उनी फिट हुनु भनेको म पनि १ सय २० प्रतिशत नै फिट हुनु हो।’

रोनाल्डोले अर्को महिना रसियामा हुने विश्वकपमा पोर्चुगिज टिमको कप्तानी गर्नेछन्। रियल शनिबार भिल्लारियललाई पराजित गर्दै लिगको दोस्रो स्थानमा रहँदै यस सिजनको लिगयात्रा टुंग्याउने दाउमा छ। लालिगाको उपाधि भने यसअघि नै बार्सिलोनाले जितिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.