Breaking News.... EverestOnlineKhabar
June 28, 2026

बोको हरामका १५ लडाकू मारिए, बन्धक बनाइएका ५३ जना मुक्त

Loading

एजेन्सी,जेठ ।
नाइजेरियाको विद्रोही समूह बोको हरामद्वारा अपहरित ५३ जनालाई अपहरणमुक्त गराइएको छ । उत्तरपूर्वी बोर्नो राज्यबाट सरकारी सेनाको टोलीले उनीहरूलाई अपहरणमुक्त गराएको सेनाका उच्च अधिकारीहरुले जानकारी दिएका छन् ।अपहरणमुक्त भएकाहरूमध्ये ३३ जना महिला, १६ जना बालबालिका, चार जना पुरुष रहेको सेनाका प्रवक्ता ओन्येम वाचुकुले बताए ।
बोको हराम विरुद्ध भएको सुरक्षा कारबाही अभियानका क्रममा सरकारी सेनाले उनीहरुलाई अपहरणमुक्त गराएको हो । नाइजेरिया सरकारले मे महिनामा मात्रै अहिलेसम्म बोको हरामको नियन्त्रणमा रहेका एक हजार जनालाई मुक्त गराएको छ । यसैबीच, नाइजेरियाली सेनाले देशका विभिन्न ठाँउमा गरेको सुरक्षा कारबाहीका क्रममा बोको हरामका १५ लडाकु मारिएका छन् । नाइजेरियाको उत्तर पूर्वी राज्य बोर्नो र दक्षिणी राज्य लेक चाड बासिन क्षेत्रमा उनीहरू मारिएका हुन् । बोको हरामका चार जना लडाकू सेनाले थापेको विद्युतीय धरापमा परेर ज्यान गुमाएका हुन् भने अरु ११ जनालाई लुकिरहेको बेला घेरेर सुरक्षा कारबाही गरिएको थियो ।
सन् २००९ मा सुरु भएको बोको हरामको हिंसात्मक गतिविधिका कारण नाइजेरियामा अहिले सम्म २० हजार जना मारिएका छन् भने २३ लाख विस्थापित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.