Breaking News.... EverestOnlineKhabar
June 28, 2026

अब एमाले र माओवादी केन्द्र पार्टी रहेनन, बालुवाटारमा सबैले लिए सामुहिक शपथ

Loading

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको एकतासंगै दुवै पार्टी विघटन भएका छन । दुवै पार्टीका शीर्ष नेताहरुले प्रधानमन्त्री निवास बालुवाटारमा एमाले र माओवादी केन्द्र बिघटनको घोषणा गरेका हुन । दुई दल मिलेर ‘नेकपा कम्युनिष्ट पार्टी’ बनेको छ ।

बालुवाटारमा बसेको संयुक्त बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ९ सदस्यीय हेडक्वाटर गठनको निर्णय सुनाए भने ४४१ सदस्यीय केन्द्रीय कमिटीको घोषणा गरे । एकता घोषणा पूर्व एमालेको केन्द्रीय कार्यसमिति र माओवादीको सचिवालयको विस्तारित बैठक बसेको थियो ।

सामुहिक शपथ

एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरुले बालुवाटारमा सामुहिक शपथ लिएका छन् । सबैले एकसाथ सपथ लिएका हुन् ।

त्यसअघि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले एकाअर्कालाई शपथ गराएका थिए । बैठकले एमाले र माओवादी केन्द्रको नाममा रहेका सबै सम्पत्ति नयाँ पार्टीमा सर्ने निर्णय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.