![]()
एजेन्सी । हलिउड अभिनेता टम क्रुज अभिनित स्पाइ थ्रिलर ‘मिसन: इम्बोसिबल- फलआउट’को एक्सनमय ट्रेलर रिलिज भएको छ। २ मिनेट र ३३ सेकेन्ड लामो ट्रेलरमा आफ्ना अघिल्ला श्रृखंला भन्दा झन भव्य एक्सनमय रहेको देखाइएको छ ।
फिल्ममा टम ‘इथेन हन्ट’ नामक अमेरिकी जासुसको भूमिकामा रहनेछन्। फिल्म ‘मिसन इम्बोलिसबल’ फ्रान्चाइजको छैटौं फिल्म हो। फिल्ममा यसपटक टम आणविक आक्रमणबाट बिश्व जोगाउने मिसनमा देखिनेछन्।
फिल्ममा टमका अलवा सिमन पेग, रेबिका फर्गुसन तथा एलिस बाल्डवीनको मूख्य अभिनय रहनेछ। क्रिस्टोफर म्याकवायर निर्देशित फिल्म जुलाई २७ मा रिलिज हुँदैछ।

