Breaking News.... EverestOnlineKhabar
June 28, 2026

लाक्पाले राखिन् सर्वाधिक सगरमाथा चढ्ने महिलाको कीर्तिमान

Loading

एजेन्सी ।लाक्पा शेर्पाले सर्वाधिक  सगरमाथा चढ्ने आरोहीको रेकर्ड बनाएकी छन्। उनले आफ्नै रेकर्ड तोड्दै उक्त रेकर्ड बनाएकी हुन्। शेर्पाले ९ पटक सगरमाथा आरोहण गरेर उक्त रेकर्ड बनाएकी हुन्। ६ पटक सगरमाथा चढेकी अमेरिकी नागरिक मेलिसा आर्मोट रेडले उनलाई दोस्रो नम्बरमा पछ्याइरहेकी छन्।

सन् २००० मा उनले पहिलो पटक सगरमाथा चढेकी थिइन्। यसअघि, १९९३ मा पासाङ लाहामु शेर्पाले पहिलो पटक सगरमाथा चढेकी थिइन्। सफल आरोहण गरेर भने उनले पहिलो रेकर्ड बनाएकी हुन्।

उनको ३ सन्तान छन्। एक पटक त उनले सुत्केरी भएको ८ महिनामा नै सगरमाथाको आरोहण गरेकी थिइन्। त्यस्तै, २ महिनाको गर्भवती हुँदा समेत उनले आरोहण गरिन्।

उनले अर्को वर्ष दोस्रो अग्लो शिखर माउन्ट केटु आरोहण गर्ने योजना बनाएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.