Breaking News.... EverestOnlineKhabar
June 28, 2026

एकीकृत पार्टीको मार्गनिर्देशक सिद्धान्त–‘जनताको बहुदलिय जनवाद’

Loading

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणका दौरान मार्ग निर्देशक सिद्धान्तका बिषयमा जे जस्ता सम्झोता भएपनि अन्ततः मदन भण्डारीद्धारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जवज) नै प्रमुख सिद्धान्त हुने देखिएको छ ।

२५औं मदन आश्रित स्मृति दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवम प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यसको स्पष्ट सकेत गरेका हुन ।

समारोहमा दुवै नेताको एउटै भनाइ थियो, ‘एमाले माओवादीको एकता र मदन आश्रितको स्मृति दिवस संयोग होइन मिलाइएको हो । ’
जुन दिन कमरेड मदन भण्डारीको अवसान भएको थियो त्यसै दिनलाई एकताको दिन बनाउनु भनेको सरासर उनैले प्रतिपादन गरेको जनताको बहुदलिय जनवाद स्वीकार गर्नु हो । यससगै माओवादी केन्द्रले अवलम्बन गर्दै आएको २१औं शताब्दीको जनवाद विधिवत रुपमा समाप्त भएको मानिएको छ ।

समारोहमा माओवादी अध्यक्ष दाहालले मदन भण्डारीको प्रशंसामा निकै बेर समय समेत खर्चेका थिए । उनले मदन भण्डारीको स्मृति दिवसको दिन पार्टी एकता गर्न पाउँदा गर्व लागेको बताए ।

स्मरणिय होस, दाहालले कांग्रेसका बैठकमा जाँदा गिरिजाप्रसाद कोइरालाको पनि नथाकी प्रशंसा गर्ने गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.