![]()
काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयोजन समितिको बैठकले पार्टी एकताको निर्णयलाई अनुमोदन गरेको छ । एमाले र माओवादीबीच एकतालाई अन्तिम रुप दिन संयोजन समितिको अन्तिम बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको थियो ।
दुबै अध्यक्षबीच पार्टी एकता गर्ने निर्णय भएको थियो । संयोजन समितिले एकता गर्ने निर्णयलाई अनुमोदन गर्दै नेपालका लागि यो ऐतिहासिक र युगान्तकारी कदम हुने बताएको छ ।
यस्तै, एकीकृत नेपाल कम्युनिष्ट पार्टीको विधान अनुमोदन भएको छ । एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिको बैठकले एकीकृत पार्टीको विधान अनुमोदन गरेको हो ।


