Breaking News.... EverestOnlineKhabar
June 28, 2026

किम जोङ र मुन जाईको शैलीमा ओली र प्रचण्डद्वारा बालुवाटारमा बृक्षारोपण

Loading

काठमाडौं । प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री निवास बालुवाटारमा बृक्षारोपण गरेका छन ।

२५औं मदन आश्रित स्मृति दिवस र पार्टी एकीकरणको खुशीयालीमा उनीहरुले संयुक्तरुपमा बृक्षारोपण गरेका हुन । बृक्षारोपण कार्यक्रममा एमाले नेता माधव नेपाल, बामदेव गौतम, गृह मन्त्री रामबहादुर थापा लगायत उपस्थित थिए ।

कार्यक्रममा अन्य नेताहरुले पनि बालुवाटार परिसरमा बृक्षारोपण गरेका थिए । ओली र प्रचण्डले बर, पिपल, स्वामीसहितका बिरुवा सँगै रोपेर पानी हालेका थिए ।

दुवै नेताले उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाई इनकै शैलीमा बृक्षारोपण गरी पानी हालेका थिए । एक महिना अघि उत्तर कोरिया र दक्षिण कोरियाबीचको उच्चस्तरीय वार्तामा दुवै नेताले बृक्षारोपण गर्दै संयुक्तरुपमा पानी हालेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.