![]()
काठमाडौ,जेठ ।
विभिन्न कार्यक्रम गरी नेकपा एमाले र यसका भातृसंगठनहरुले मुलुकभर मदन–आश्रित स्मृति दिवश मनाउँदैछन् । यस पटक एमाले र माओवादी केन्द्रले एमालेको पुरानो पार्टी कार्यालय रहेको बल्खुमा संयुक्त रुपले स्मृति दिवश मनाएका छन् । आजै साँझ एमाले र माओवादीबीच पार्टी एकता घोषणा हुन लागेकोले दुई पार्टीले संयुक्त रुपमा यो दिवश मनाएका हुन् । स्मृति दिवशलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मदन–आश्रित स्मृति दिवसको दिन एमाले र माओवादीबीच पार्टी एकता गर्न पाउँदा आफूलाई गर्व लागेको बताएका छन् । उनले मदन–आश्रित स्मृति दिवसको दिन पार्टी एकता गरौं भनेर आफूले नै प्रस्ताव गरेको जानकारी पनि गराए ।
२५ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा एमाले पुरानो पार्टी कार्यालय बल्खुमा बिहीबार बिहान आयोजित कार्यक्रममा प्रचण्डले भनेः‘आज नै मदन भण्डारी अवसान भएकै दिन पार्टी एकता गरौं भनेको मैले हो । मलाई गर्व छ आजकै दिन हामी पार्टी एकतामा जादैछौं ।’
एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुंगामा २०५० साल जेठ ३ गते जिप दुर्घटनामा निधन भएको थियो । मदन–आश्रित स्मृति दिवसमा माओवादी सहभागी भएको यो पहिलो पटक हो ।


