![]()
धादिङ,जेठ ।
मलेखु धादिङबेसीमा पर्ने नीलकण्ठ नगरपालिका वडा नम्बर ८ च्याडुमोडमा बुधबार राति ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन् । मलेखुबाट धादिङबेसीतर्फ जाँदै गरेको बा ३ ख ६१४३ नम्बरको ट्रक सडकबाट खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का गोकुल उपाध्यायको उपचारको लागि काठमाडौं लैजाँदै गर्दा मृत्यु भएको छ । अन्य चार जना घइतेमध्ये २ जनाको काठमाडौंको ट्रमा सेन्टरमा र २ जनाको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ ।


