![]()
काठमाडौं । प्रहरीले राजधानीका विभिन्न स्थानबाट साढे २ करोडको नक्कली नेपाली नोट बरामद गरेको छ । अत्यधुनिक प्रेसमा छापिएका एक हजार दरका साढे २ करोड नक्कली नोट बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
सक्कली जस्तै देखिने नोटहरु प्रहरीले राजधानीको गोगंबु, बागबजार लगायत क्षेत्रबाट बरामद गरेको हो । यसअघि महानगरीय प्रहरी परिसर ललितपुरले लुभुबाट करिब ५ लाखको नक्कली नेपाली नोट बरामद गरेको थियो ।
घटना सन्दर्भमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी आयुक्तको कार्यालयले जनाएको छ ।


