Breaking News.... EverestOnlineKhabar
August 31, 2026

केन्द्र सरकारसंग प्रदेश सरकारका अर्थमन्त्रीको यस्तो आक्रोश….?

Loading

विराटनगर,जेठ ।
केन्द्र सरकार र प्रदेश सरकारबीच स्थानीय स्रोत साधन परिचालनमा भईरहेको विवादकाबीच प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले केन्द्र सरकारले संघीयताको भावना अनुरुप काम नगर्दा प्रदेश सरकार अप्ठ्यारोमा परेको आरोप लगाएका छन् । केन्दीय सरकार अहिले पनि केन्द्रीकृत मानसिकतामा चलेको भन्दै प्रदेश सरकार स्रोत र साधनको अधिकतम उपयोग गर्नबाट वञ्चित बनेको मन्त्री आङ्बोकोे आरोप छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालय विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गदै मन्त्री आङ्बोले केन्द्र सरकारका अर्थमन्त्रीप्रति इंकित गदै भनेः‘प्रदेश सरकारले पाउने बजेट दिन केन्द्र सरकार किन कञ्जुस्याईं गर्छ, हामीले प्रदेशको अधिकारका लागि भिख माग्नुपर्ने ?’
प्रदेशका आर्थिक मामिला मन्त्रीहरुलाई अर्थ मन्त्री युवराज खतिवडाले काठमाडौमा आयोजना गरेको छलफलमा सहभागी भएर फर्केपछि केन्द्र सरकारप्रति मन्त्री आङ्म्बो आक्रोशित बनेका हुन् । उनले केन्द्र सरकारले संविधानको मर्म अनुसार प्रदेश सरकारलाई अधिकार नदिँदा बजेट कार्यान्वयनमा समस्या आएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.