![]()
कैलाली । गोदावरी चेम्बर अफ कर्मस अत्तरियाले प्रदेश नं ७ को प्रमुख पर्यटकिय क्षेत्र कर्णाली नदीमा बृहत र्या्फ्टिङ आयोजना गरेको छ । कमर्सले मंगलबार पत्रकार सम्मेलन गरी ‘समृद्धिका लागि पर्यटन’ भन्ने नाराकासाथ नेपालमै पहिलो पटक र्याफटिङ गर्न लागेको जनाएको हो ।
एक सय डुङ्गामा एक हजार चार सय जना मानिसहरुलाई एकै साथ राखेर र्या्प्टिङ् गराईने चेम्बर अफ कर्मस अत्तरियाका अध्यक्ष बिनोद मल्ल बिप्लपले जानकारी दिए ।
प्रदेश ७ को धार्मिक, समाजिक, सांस्कृतिक बिकासका सम्भावनालाई उजागर गर्दै राष्ट्रिय तथा अन्तर्राट्रिय स्तरमा पहिचान गराउन कार्यक्रम गरिएको मल्लले बताए । उनले भने, ‘ र्या्फ्टिङ ब्यबसाय र जलमार्गको सम्भावनाको प्रचार प्रसार एबम् प्रवद्र्यन गर्न, धार्मीक क्षेत्रलाई ब्यपाक बनाउन, ब्यबसायिक रुपमा र्या्प्ङिका लागी यातायत सेवा पहल गर्न , जलमार्गको सम्भावनालाई उजागर गर्न र प्रदेश न ७ को प्रमुख प्रबेशद्धारमा रहेको कर्णली , चिसापानी, त्रिवेणीलाई पर्यटन गन्तब्यस्थलका रुपमा विकास गर्न यो कार्यक्रम उपयोगी हुनेछ । ’
आयोजक साझेदार जिल्ला समितीका संयोजक सुर्य बहादुर थापाले कैलाली भ्रमण बर्षकै अबधीमा आयोजना हुने यो कार्यक्रमले कैलालीको पर्यटन प्रबर्द्धनमा थप टेवा पुग्ने विश्वास ब्यक्त गरे । उनले कार्यक्रम महत्वाकांक्षी जस्तो देखिएपनि पर्यटकका लागी अत्यन्तै महत्वपूर्ण साबित हुने बताए ।
र्या्फ्टिङमा नेपाल र भारतका पत्रकार, ब्यबसायी र अन्य सर्बसाधारण गरेर झण्डै एक हजार जानाको सहभागिता हुने आयोजकले जनाएको छ ।


