![]()
एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी) का ब्राजिलियन फरवार्ड नेयमार फ्रेन्च लिग वान फुटबलमा यो सिजन उत्कृष्ट खेलाडी बनेका छन् । सिजनको उकृष्ट खेलाडी बन्दै नेयमारले ’लिग वान प्लेयर अफ दि इयर’ को उपाधि जितेका छन् ।
नेयमारलाई आइतबार राति आयोजित विशेष समारोहकाबीच ’लिग वान प्लेयर अफ दि इयर’ अवार्ड प्रदान गरिएको थियो । नेयमारले आफ्नै टिमका एडिन्सन काभानी र केलीयन एमबाप्पेलाई पछि पार्दै यो अवार्ड जितेका हुन् ।
पिएसजी छाड्ने हल्ला चलिरहेको बेला नेयमारले यो अवार्ड जितेको हो । नेयमारलाई ब्राजिलका विश्वकप विजेता रोनाल्डोले प्लेयर अफ दि इयर ट्रफी प्रदान गरेका थिए ।
कार्यक्रममा एमबाप्पेले योङ प्लेयर अफ दि सिजन अवार्ड हात पारे । यस्तै लिग वान च्याम्पियन पिएसजीका प्रशिक्षक युनी इम्रीले कोच अफ दि इयरको उपाधि हात पारे ।


