Breaking News.... EverestOnlineKhabar
June 4, 2026

मुम्बईमाथि राजस्थानको ७ विकेटको जित, प्लेअफको सम्भावना कायमै

Loading

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट आईपीएल अन्तर्गत आइतबार राति भएको खेलमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई ७ विकेटले हराएको छ । मुम्बईले दिएको १६९ रनको लक्ष्य राजस्थानले १८ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । राजस्थानका जोस बटलरले अविजित ९४ रन जोडे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले पुरै २० ओभरमा ६ विकेट गुमाएर १६८ रन जोडेको थियो । मुम्बईका एभिन लेवीसले ६० रन जोडेका थिए ।

यो जितसँगै राजस्थानले १२ खेलबाट १२ अंक जोडेको छ । र, पाँचौ स्थानको राजस्थानको प्ले अफमा पुग्ने सम्भावना कायम रहेको छ । पराजित मुम्बई १२ खेलबाट १० अंक जोडेर लिगको छैटौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed