Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

बीबीसी । एउटा आश्चर्यजनक कदम चाल्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी व्यापार प्रतिबन्धका कारणका संकटमा परेको एक चिनियाँ टेलिकम कम्पनीलाई जोगाउन अमेरिकी वाणिज्य मन्त्रालयलाई निर्देशन दिएका छन्।

जेड्टीइ नामक चिनियाँ कम्पनी अमेरिकी निर्यात प्रतिबन्धका कारण संकटमा परेको बेला ट्रम्पले आफ्नो नीतिलाई पुन: उल्ट्याउने संकेत गरेका हुन्। चीन र अमेरिकाबीच यसै साताका लागि निर्धारित महत्त्वपूर्ण व्यापार वार्ताअघि ट्रम्पले चिनियाँ कम्पनीलाई बचाउन पहल गर्न निर्देशन दिएका हुन्।

ट्विटरमा एउटा सन्देश लेख्दै ट्रम्पले चीनसँग उत्पन्न समस्या समाधान गर्नका आफूले चिनियाँ राष्ट्रपतिसँग वार्ता गरिरहेको बताएका छन्। उनको भनाइमा अमेरिकी प्रतिबन्धका कारण “चीनमा धेरै रोजगारी संकटमा परेको” छ।

जेड्टीइले ८० हजार मानिसलाई रोजगारी दिइरहेको छ। गत एप्रिलमा कैयौँ अमेरिकी कम्पनीहरूलाई जेड्टीइका लागि सामान निर्यात गर्न प्रतिबन्ध लगाइएको थियो। त्यो चिनियाँ कम्पनीले इरान र उत्तर कोरियालाई सामान नदिने भन्ने सहमति तोडेको अमेरिकाको भनाइ छ।

निर्यात प्रतिबन्धपछि जेड्टीइले आफ्ना थुप्रै कामहरू स्थगित गरेको छ। अमेरिकास्थित टिप्पणीकारहरूको भनाइमा ट्रम्पको पछिल्लो सन्देश चीनसँगको उनको व्यापार नीतिमा नाटकीय फेरबदल हो। ट्रम्पले चीनले अमेरिकीहरूको रोजगारी खोसिरहेको आरोप निरन्तर लगाउने गरेका छन्।

यसै हप्ताको अन्त्यमा व्यापार सहजीकरणका विषयमा चीन र अमेरिकाबीच वाशिङ्टनमा उच्चस्तरीय वार्ता हुन गइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed