Breaking News.... EverestOnlineKhabar
June 4, 2026

संसदमा गर्जिए गगन : प्रधानमन्त्री ओली ‘महालम्पसारवादी’ प्रमाणित

Loading

काठमाडौं । नेपाली कांग्रेसकासांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली महालम्पसारवादी प्रमाणित भएको भन्दै कडा आलोचना गरेका छन ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणकाबेला देखाएको व्यवहारले सरकार र प्रधानमन्त्री लम्पसारवादी मात्रै होइन, ‘महालम्पसारवादी’ देखिएको बताए।

थपाले भने, ‘मेरो प्रश्न भारतीय प्रधानमन्त्री मोदीका बारेमा होइन। उहाँले त भन्नु भएको थियो, यो तीर्थयात्रा हो। उहाँको तीर्थयात्रा सफल भएको छ। तर मेरो प्रश्न हाम्रो प्रधानमन्त्रीका लागि हो। उहाँ किन यसरी लम्पसार पर्नुभयो?’

सांसद थापाले प्रधानमन्त्री ओलीलाई गर्जने तर नवर्षने बादलको संज्ञा दिए। उनले भने, ‘मलाई त अचम्म लागेन किनकि गर्जने बादल वर्सदैँन भन्ने थाहा थियो। तर जनतालाई किन लुकाउनु खोज्नु भयो, मोदी भ्रमणबारे संसदलाई जानकारी गराउदा उनले थुप्रै कुरा लगाएका छन । ’

कसैले भन्दै नभनेको कुरामा पनि प्रधानमन्त्रीले प्रष्टीकरण दिएको थापाको आरोप छ। उनले ने, ‘देशको हित विपरित कुनै काम भएको छैन भन्नु भयो प्रधानमन्त्रीले। यो कसले भनेको थियो र? न संसदमा न सडकमा कसैले भनेको सुनेको छैन। तर प्रधानमन्त्रीले त्यसमा किन प्रष्टीकरण दिनुभयो? यसको कारण के?’

पहिला भारतीय राष्ट्रपति नेपाल भ्रमणमा आउँदा गरिएको तामझामलाई देखाएर लम्पसारवादी भन्नेले अहिले मोदीको भ्रमणका लागि गरेको तामझामले महालम्पसारवादी बनाएको उनको आरोप छ।

प्रधानमन्त्री ओली भारतको अगाडि घुँडा टेकेको र त्यसले घुँडामा चोट होइन, भ्वाङ्ग नै परेको उनले आरोप लगाए। यस्तै उनले प्रदेश नम्बर २ मा कूटनीतिक मर्यादा नाघिएकोप्रति कडा आलोचना गरे। उनले भने, ‘परराष्ट्र नीति प्रदेशको मुख्यमन्त्रीले जान्दैन, जान्ने परराष्ट्र मन्त्रीले हो। हाम्रो परराष्ट्र मन्त्री शालिन हुनुहुन्छ तर तालिम नपुगेको जस्तो देखियो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed