Breaking News.... EverestOnlineKhabar
June 4, 2026

एमाले–माओवादी मनमुटाव संसदमै छताछुल्ल, प्रधानमन्त्री ओली तनावमा

Loading

काठमाडौं । एमाले र माओवादी पार्टी एकता अन्तिम चरणमा पुगेको तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण ऐतिहासिक रुपमा सफल भएको दाबी सरकारले गरिरहेकाबेला सरकारकै मुख्य घटक माओवादी केन्द्रले प्रधानमन्त्री एवम सरकारको चर्को आलोचन गरेको छ ।

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले प्रधानमन्त्री केपी ओलीको कार्यशैली एवम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका कतिपय प्रसंग कोट्याउँदै असन्तुष्टि व्यक्त गरेकी हुन ।

सोमबारको संसद बैठकमा बोल्दै प्रवक्ता भुसालले मोदीको भ्रमणमा नेपाल भारतबीच रहेका जल्दाबल्दा समस्या समाधान नभएको बताइन् । उनले अरुण ३ सम्झौता संविधान विपरीत भएको समेत बताइन् ।

‘हाम्रो प्राकृतिक स्रोत साधनको लेनदेन गर्दा संघीय संसदको दुई तिहाईले पास गर्नुपर्ने संविधानको व्यवस्था कहाँ गयो ? अहिले शिलान्याससम्म पुगिसक्यो त्यो भएको छैन,’ उनले भनिन् ।

अरुण ३ शिलान्यासमा उर्जा मन्त्री बर्षमान पुनलाई नबोलाएपछि माओवादी रुष्ट बनेको थियो । विभागीय मन्त्रीलाईसमेत सहभागी नगराएको भन्दै माओवादी मन्त्रीहरुले असन्तुष्टि जनाएका थिए ।

सांसद भुसालले सिमाना, बाढी डुबानका समस्या, विराटनगरमा रहेको भारतीय महावाणिज्यदूतको कार्यालय हटाउने लगायतका समस्या मोदी भ्रमणका क्रममा नेपाल सरकारले समाधान गर्नेतर्फ ध्यान नदिएको बताइन् । ‘नेपालको जग्गा भारतीय जनताले अतिक्रमण गरेका होइनन, हतियारधारी सेनाले गरेका छन,’ उनले भनिन, ‘विराटनगरमा भारतीय दूतवासको कार्यालय हटाउने कुरा जहाँको त्यही छ ।’
उनले नेपाल र भारतका प्रधानमन्त्रीको भ्रमण तालिका भारतीय सञ्चारमाध्यममा पहिले आएको भन्दै नेपालको परराष्ट्रमन्त्रीको आलोचना गरिन् ।

‘हिजो नेपालको प्रधानमन्त्रीले भारत भ्रमण गर्दा र यसपटक भारतीय प्रधानमन्त्रीले नेपाल भ्रमण गर्दा तिथि मिति र कार्यक्रम भारतीय मिडियाले सर्वाजनिक गर्ने र त्यही अनुसारले कार्यान्वयन हुने देखियो,’ उनले भनिन् । ‘यसमा कुटनीतिक पहलकदमी कमजोर भएको हो कि ? हाम्रो परराष्ट्रमन्त्रालयबाट हुनुपर्ने कुरा अन्त्यबाट हुने कुरा मिलेन कि ?

त्यस्तै विजेपी सांसद किर्ति आजादले मिथिला क्षेत्रबारे दिएको अभिव्यक्ति निन्दनिय रहेको बताउँदै उनले नेपाल सरकारको तर्फबाट गम्भीर प्रतिवाद गर्नुपर्ने ध्यानाकर्षण गराइन् । त्यस्तै, भारतीय प्रधानमन्त्रीको सुरक्षामा ठूलो संख्यामा भारतीय सेना नेपाल प्रवेश गरेकोमा पनि उनले आपत्ति प्रकट गरिन् ।

सत्ताघटका एवम पार्टी एकता अन्तिम चरणमा पुगेकाबेला माओवादी केन्द्रले संसदमै बिरोध जनाएपछि प्रधानमन्त्री केपी ओली तनावमा परेका छन । उनलाई पार्टी एकता त परै जाओस सरकार नै नरहने हो कि भन्ने चिन्ता परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed