Breaking News.... EverestOnlineKhabar
June 4, 2026

मुलुकका विभिन्न ठाउँमा पहिरोःकाठमाडौंमा ५५ मिलिमिटर वर्षा, मंगलबारबाट मौसममा सुधार आउने

Loading

काठमाडौ,बैशाख ।
वर्षा र बदलीको अवस्था अझै केही दिन जारी रहने मौसमविदले बताएका छन् । पश्चिमी भूभागबाट प्रवेश गरेको मौसमी प्रणालीका कारण देशका सबैजसो क्षेत्रमा बादल लाग्ने र पानी पर्ने क्रम जारी छ । आज दिनभर पनि पानी पर्ने मौसमविदले जनाएका छन् । मौसमविद्ले भोलि दिउँसोबाट क्रमिक रुपमा सुधार हुने अनुमान गरेका छन् तर पूर्णरुपमा आकाश खुल्न भने अझै केहि दिन लाग्ने उनीहरुको अनुमान छ । पश्चिमी वायुको प्रभावले हाल नेपालको आकाशमा न्यूनचापीय रेखा विकास भएको र त्यसैको कारण पानी परिरहेको मौसमविदहरु बताउँछन् । सोमबार बिहान साढे ६ बजेको रेकर्डअनुसार काठमाडौंमा १३ दशमलव ३ मिलिमिटर वर्षा भएको छ । काठमाडौं उपत्यकामा विगत २४ घण्टामा ५५ मिलिमिटर वर्षा भएको छ ।
यसैबीच,बर्षापछिको पहिरोले मुलुकका विभिन्न ठाउँमा यातायात समेत अबरुद्ध भएका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपलिका २ भुरुङ तातोपानी बजारमा पहिरोले चारवटा घर पुरेको छ । बेनी जोमसोज सडकखण्डमा खसेको लेदो सहितको पहिरोले चारवटा घर पुरेको म्याग्दी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अरु १२– १३ घरमा पनि पहिरोले क्षति पुर्याएको छ । हिजो बेलुकी ५ बजेतिर भेलसहितको पहिरो बस्तीमा खसेको हो । भेल बग्न थालेपछि बस्तीका बासिन्दाले भागेर ज्यान जोगाएका छन् । अहिले डोजर लगाएर भेल तर्काउने काम भइरहेकोले जोखिम नरहेको प्रहरीले जनाएको छ ।
आइतबार रातिको झरीका कारण पहिरो जाँदा ठाउँ – ठाउँमा गाडीको आवागमन समेत प्रभावित भएको छ । पाल्पाको सिदार्थ राजमार्गमा राति २ बजेतिर खसेको पहिरोका कारण गाडी चल्न नसकेको ट्राफिक प्रहरीले जनाएको छ । पाल्पाको तिनाउ गाउँपालिमा ३ हेडबक्स नजिकैको सडकखण्डमा पहिरोले सडक अवरुद्ध हुँदा पाल्पा– गुल्मी, स्याङजा –पोखरा र बुटवल जाने आउने गाडी रोकिएका छन् । बिहान सात बजेदेखि पहिरो हटाउन थालिएको पाल्पा प्रहरीले जनाएको छ । पहिरो हटाउन पाल्पाको झुमसाबाट डोजर लगिएको र अबको तीन चार घण्टामा बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed