![]()
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रवार दुई दिने नेपाल भ्रमणमा आउँदैछन । उनले प्रदेश नम्बर २ को जनकपुरबाट आफनो भ्रमण सुरु गर्दैछन । जनकपुर, काठमाडौं, मुक्तिनाथ हुँदै उनी पुनः काठमाडौं फर्किएर शनिवार साँझ स्वदेश फर्किनेछन ।
नेपाल आउनु अघिल्लो दिन ट्वीट गर्दै मोदीले आफ्नो नेपाल भ्रमणले नेपालसँगको सम्बन्धलाई भारतले उच्च प्राथमिकतामा राखेको प्रष्ट हुने बताएका छन् । उनले लेखेका छन, ‘द्वीपक्षीय सहयोगलाई अझ व्यापक बनाउन प्रधानमन्त्री ओलीसँग विस्तृत कुराकानी गर्नेछु ।’

नयाँ संविधान जारी भएपछि नेपाल लोकतन्त्रलाई अझ बलियो बनाउने र आर्थिक विकास हासिल गर्ने नयाँ चरणमा प्रवेश गरेको भन्दै मोदीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणा भारत दृढ सहयोगी हुने बताएका छन् ।


