Breaking News.... EverestOnlineKhabar
June 26, 2026

बाबुरामको सुझाव :‘मोदीको स्वागतमा कन्जुस्याइँ नगर, सत्तामा छँदा सबैथोक सुम्पिने, विपक्षमा हुँदा राष्ट्रवादी बन्ने नगरौं।’’

Loading

काठमाडौ । पूर्वप्रधानमन्त्री  तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नेपाललाई दक्षिणी छिमेकीसँग राम्रो सम्बन्ध राख्नु पर्ने बाध्यता रहेको बताएका छन्। बिहीबार संसदमा समय मागेर बोल्दै भट्टराईले नेपालले भारत र चीनसँग असल सम्बन्ध राख्नु पर्ने आवश्यकता भए पनि भूगोल, सँस्कृति, इतिहास र बनोटका कारणले पनि दक्षिणी छिमेकीसँग बढी सम्बन्ध राख्नुपर्ने बाध्यता रहेको बताए।

उनले भारतीय प्रधानमन्त्रीको स्वागतमा कन्जुस्याइँ नगर्न सरकारलाई सुझाव दिए।

‘स्वागतमा केही कन्जुस्याइँ नगरौं। मलाई थोरै चित्त नबुझेको कुरा के छ भने हामीले जे पनि लेखिराखेका छौं। अतिथि देवो भव: भन्ने हाम्रो संस्कार हो। भारत, चीन, अमेरिकाबाट जो पाहुना आउँछ त्यसको सत्कार गर्नुपर्छ। अपमान गर्नुहुन्न। तर कुराकानी गर्दा हामीले राष्ट्रको हितलाई ध्यानमा राखेर कुरा गरौं,’ भट्टराईले भने।

उनले भारत र चीनसँगको सम्बन्धमा सन्तुलन नमिल्दा नेपालको विकास हुन नसक्ने बताए।

‘म  अन्तरहृयले  भन्छु – मैले पनि यो देशको सेवा गर्ने मौका पाएको छु। जबसम्म हामीले सन्तुलित सम्बन्ध राख्न सक्दैनौं। हामीले जतिसुकै टाउको फोरे पनि जति घोक्रो फुकाए पनि नेपाल समृद्ध बन्दैन,’ उनले भने।

दुबै देशको लगानी ल्याउने र दुबै देशको अर्थतन्त्र र भ्यालु चेनसँग जोडिएर नेपालले विकासमा लाग्नुपर्ने उनको धारणा थियो। ‘श्रम निर्यात होइन, पूँजी आयात गरौं, वस्तु नियार्त गरौं’, भट्टराईले भने, ‘हामीले दुबैको बजार हेरौं।’ उनले विदेशी लगानीका व्यापार सम्झौता गर्न र विशेष क्षेत्र निर्माण गर्नुपर्ने बताए।

‘त्यसोगर्दा हामीले श्रमिकहरुको हकहितलाई कानून बनाएर रक्षा गर्ने अधिकार छँदैछ,’ उनले प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्रीसँग सिधा कुरा गर्न सुझाए।

‘मोदी खुलै प्रकृतिको मान्छे हुनुहुन्छ। हाम्रो प्रधानमन्त्रीले सिधै भने हुन्छ-महामहिम, यहाँ हाम्रो कुर्सीमा बसेर तपाईंले नेपाल के चाहान्छ बोल्नुस् र तपाईंको दिल्लीको कुर्सीमा बसेर हामीलाई बोल्न दिनुहोस् भारत के चाहान्छ,’ भट्टराईले भने, ‘भारतले के चाहन्छ हामी पूरा गर्छौं। नेपाल के चाहान्छ तपाँइले पूरा गर्नुस्, यति भने हुन्छ।’

उनले भारतसँगको सम्बन्धका अन्य विषयलाई भने धेरै कोट्याउन आवश्यक नरहेको बताए। ‘इपिजीमार्फत सबै हल गर्ने भनिदिए हुन्छ’, उनको भनाई थियो।

भट्टराईले नेपालले अब विकास अगाडि ‘जयो पोलिटिक्स’ ख्याल राख्नु उचित हुने तर्क गरे। ‘हामी रिस उठेको बेला बमबम भएर उफ्रने अनि अलि खुसी भएको बेला पूरै आत्मसमर्पण गर्ने प्रवृत्ति छ’, भट्टराईले भने, ‘म कसैलाई दोष लगाउन चाहन्नँ। हामी सत्तामा छँदा सबैथोक सुम्पिदिने। विपक्षमा हुँदा चर्का राष्ट्रवादी बन्ने नगरौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.