![]()
ओखलढुङ्गा,बैशाख ।
एक महिलाले जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा दुई दिनको फरकमा फरक–फरक व्यक्तिबाट दुई पटक बलात्कृत भएको भन्दै जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा उजुरी दर्ता गरेकी छन् । पीडित महिलाको उजुरीमा आफूमाथि ०७४ फागुन २३ गते र २५ गते फरक फरक स्थानमा फरक फरक व्यक्तिले बलात्कार गरेको उल्लेख छ । पीडितको उजुरी दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटना भएको लामो समयपछि उजुरी आएकाले गहन अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आरोपितहरुलाई प्रहरीले वैशाख २४ गते गिरफ्तार गरेर हिरासतमा राखी अनुसन्धान अघि बढाएको छ । स्थानीय बासिन्दा भने सहमतिमा यौन सम्बन्ध राखेको विषय सार्वजनिक हुने डरले महिलाले उजुरी गरेको भन्दै घटनाका पक्ष र विपक्षमा बाँडिएका छन् ।


