Breaking News.... EverestOnlineKhabar
June 26, 2026

प्रहरी झुक्याउन १७ दिनमा ८ सिमकार्ड परिर्वतन…..?

Loading

भक्तपुर,बैशाख ।
भक्तपुरको थिमी नगरपालिकाका प्रमुखमाथि आक्रमण गर्ने मुख्य अभियुक्तले १७ दिनमा आठवटा सिमकार्ड बदलेको भेटिदासमेत अभियुक्त पक्राउ गर्न प्रहरी असफल भएको छ ।थिमी नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमण गर्ने व्यक्तिले मोबाइल सिम परिवर्तन गरिरहँदा पक्राउमा समस्या भएको प्रहरीको भनाइ छ ।
प्रहरीले नगर प्रमुख श्रेष्ठमाथि आक्रमण गर्ने व्यक्तिको पहिचान भएको बताएको लामो समय बितिसक्दा पनि पक्राउ नपर्नु सिम परिवर्तन नै प्रमुख कारण भएको स्पष्ट पारेको छ ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार आक्रमणमा संलग्न व्यक्तिले आठवटा सिम परिवर्तन गरिसकेका छन् ।उनले भनेः‘आक्रमणमा संलग्न व्यक्तिले हालसम्म आठवटा सिम परिवर्तन गरिसकेको अनुसन्धानबाट खुल्न आएको छ, हामी छिट्टै मुख्य अपराधीलाई पक्राउ गरी सार्वजनिक गर्नेछौं ।’
महानगरीय प्रहरी वृत्त ठिमीका प्रमुख प्रहरी नायब उपरीक्षक उज्जल महर्जनले नगर प्रमुख श्रेष्ठमाथि आक्रमण गर्नेहरु धेरै नजिक प्रहरी पुगिसकोको दाबी गरे । सो घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.