Breaking News.... EverestOnlineKhabar
June 26, 2026

बुद्ध मूर्ति बिक्री गर्न हिँडेका तीनजनालाई चोरी मुद्दा….

Loading

नुवाकोट,बैशाख ।
बुद्धको मूर्ति बिक्री गर्दै हिँडेका तीनजनालाई यहाँको प्रहरीले चोरी अभियोगमा मुद्दा दर्ता गरी कारबाहीको लागि अनुसन्धान शुरु गरेको छ । काठमाडौको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगामा प्रहरीले आइतबार जाँच गर्ने क्रममा बरामद गरेको चार किलोग्राम तौलको बुद्धको मूर्तिसहित पक्राउ परेकालाई मंगलबार अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए ।
नुवाकोटको विदुर नपा–९, तुप्चेका २४ वर्षीय सञ्जीव बानियाँलाई बा ६० प ३९०६ नम्बरको स्कुटरको डिकीमा लुकाएर बिक्रीका लागि लैजाँदै गरेको अवस्थामा काठमाडौँ प्रहरीले बुद्धको मूर्ति बरामद गरेको थियो । अनुसन्धानको क्रममा उक्त मूर्ति बिक्री गर्न संलग्न एकै स्थानका २२ वर्षीय सञ्जय तामाङलाई काठमाडौँ प्रहरीले पक्राउ गरी कारबाहीका लागि सोमबार नुवाकोट प्रहरीलाई बुझाएको थियो ।
नुवाकोट प्रहरीले अनुसन्धान गर्ने क्रममा मूर्ति बिक्रीका लागि ग्राहक खोजेर पठाउने मुख्य योजनाकार सोही स्थानका २१ वर्षीय धनसिङ तामाङलाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ ।
बुद्धको मूर्ति ओसारपसारमा संलग्नलाई पुरातात्विक ऐनअनुसार कारबाही हुने भएपनि पुरातत्व विभागमार्फत पहिचान गराउन बाँकी रहेकाले तत्काल चोरी अभियोग लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.