Breaking News.... EverestOnlineKhabar
August 31, 2026

कंगोमा इबोला भाइरसका कारण १७ जनाको मृत्यु

Loading

एजेन्सी,बैशाख ।
इबोला भाइरसका कारण अफ्रिकन मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोमा १७ जनाको मृत्यु भएको छ । संक्रमित दुई जनाको भने उपचार भइरहेको छ । कंगोको बिकोरो शहरमा मात्रै चार जनाको मृत्यु भएको हो ।
सन् २०१४ मा इबोला भाइरसका कारण गिनिया, सियरालियोन र लाइबेरियामा मात्र ११ हजार मानिसको मृत्यु भएको थियो । आशंकित पाँच जनाको रगत परीक्षणबाट दुई जनामा उक्त रोग फेला परेपछि इबोला भएको पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
बिकोरो शहरमा तत्काल रोकथाममा लागि सरकारसँग मिलेर काम गर्नु पहिलो प्राथमिकता भएको डब्लूएचओले जनाएको छ । यहाँ योसमेत नौ पटक इबोला फेला परेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.