![]()
काठमाडौ,बैशाख ।
प्रथम एसियाली महिला सर्कल कबड्डी च्याम्पियनसिपमा भाग लिन १२ खेलाडीसहित १६ सदस्यीय नेपाली टोली मलेसिया प्रस्थान गरेका छन् । नेपाली टोली आज मलेसियाको क्वालालम्पुर प्रस्थान गरेका हुन् । मेणुकाकुमारी राजवंशीको कप्तानीमा रहेको टोलीका अन्य खेलाडीमा हरिना थापा, सवित्रा बस्नेत, मानमति विष्ट, कल्पना थापा, केली गुरुङ, अन्जु कुलुङ राई, सन्जना तामाङ, भुवनेश्वरी जोशी, कमला थापा, नितु गुरुङ र फुपा लोप्चन रहेका छन् ।
दक्षिण एसियाली मुलुक बाहिरा नेपाली महिला कबड्डी टोलीले पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको अखिल नेपाल कबड्डी संघले जनाएको छ । प्रशिक्षकमा पशुपति प्रजापति, सहायक प्रशिक्षकमा पार्वती राई, व्यवस्थापकमा सुन्दर प्रजापति र अफिसियलमा कुमार आले छन् । प्रतियोगिता मे ११ देखि १३ तारिखसम्म सञ्चालन हुनेछ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापालगायतले एक कार्यक्रमबीच मंगलबार बिदाइ गरे ।


