Breaking News.... EverestOnlineKhabar
June 26, 2026

नेकपा माओवादी केन्द्रद्वारा राष्ट्रिय सभा संसदीय दलको नेतामा दीननाथ शर्मा चयन

Loading

काठमाडौं ।  नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा संसदीय दलको नेतामा दीननाथ शर्मालाई चयन गरेको छ । सिंहदरबारमा बसेको संसदीय दलको बैठकले राष्ट्रिय सभामा माओवादी केन्द्रको प्रतिनिधित्वलाई व्यवस्थित गर्न भन्दै दलको नेतामा शर्मालाई चयन गर्ने निर्णय गरेको हो ।

मुलुक संघीय संरचनामा गएकाले दलको विधान पनि संघीय संसचना अनुसार संसोधन गरी पारित गरेको प्रमुख सचेतक देव गुरुङले जानकारी दिनुभयो । यस्तै विकास निर्माणका काम र पार्टीका गतिविधीलाई प्रभावकारी बनाउन माओवादीले ७ वटै प्रदेशमा प्रदेश संयोजन समिति बनाएको छ । १ मा सुरेन्द्र कार्की, २ नम्बरमा प्रभु साह, ३ मा पम्फा भुषाल, ४ मा देव गुरुङ, ५ मा टोपबहादुर रायमाझी, ६ मा जनार्दन शर्मा र ७ मा लेखराज भट्टलाई संयोजकको जिम्मेवारी दिइएको हो ।

यस्तै परम्परागत शैलीको बजेटमा क्रमभङगता गर्दै जनअपेक्षा अनुसार चुनावी घोषणापत्रमा उल्लेख भएअनुसारको बजेट निर्माणमा सरकारलाई सघाउने निर्णय पनि माओवादी केन्द्रले गरेको छ । एमाले र माओवादी केन्द्रको संयुक्त घोषणा पत्रमा उल्लेख भए अनुसारको व्यवस्थालाई सम्वोधन गर्ने गरी बजेट निर्माण कार्य अघि बढाउनु पर्ने सो पार्टीको निष्कर्ष छ । त्यसका लागि प्रधानमन्त्री र अर्थमन्त्रीसँग सहकार्य गर्ने निर्णय भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed