Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

बीबीसी ।सिरियाका हामा र होम्स शहरको बीचमा रहेको रइस्तानबाट सयौँ विद्रोहीहरु बाहिरिन थालेका छन् । रुस समर्थित असाद सरकारसँगको सहमतिपछि उत्तरी सिरियाको इदिलवतर्फ सुरक्षित रुपमा जान मार्ग प्रदान गरेपछि उनीहरु बाहिरिन सुरु गरेका हुन ।

रइस्तानलाई विद्रोहीहरुको मुख्य रणनीतिक क्षेत्रको रुपमा दिने गरिएको छ ।  विद्रोहीहरुले ठूला हतियार बुझाएपछि साना हतियार लिएर इदलिवतर्फ जान अनुमति दिइएको बीबीसीले उल्लेख गरेको छ । रुसी सैन्य प्रहरीले लडाकुहरु लिएर गएको बस र स्थानीय सुन्नी मुस्लिमहरुलाई सुरक्षा दिइरहेको छ । रुसी सेना समर्थित सिरियाली सेना र विद्रोहीबीच गत बुधबार  सहमति भएको थियो ।

विगत ७ वर्षदेखि जारी युद्धका क्रममा सिरियामा ४ लाख भन्दा बढीको मृत्यु भएको र ६१  लाख भन्दा बढी  विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed