Breaking News.... EverestOnlineKhabar
June 25, 2026

जाम्बियाको बिश्वबिद्यालयमा ‘आधा शरीर देखिने’ पोशाक लगाएर पुस्तकालय नआउन उर्दी

Loading

बीबीसी ।जाम्बियाको उत्कृष्टमध्येको एउटा विश्वविद्यालयले अरू छात्रहरूको ध्यान भङ्ग गर्ने गरेको भन्दै छात्राहरूलाई ‘आधा शरीर देखिने’ पोशाक लगाएर पुस्तकालय नआउन भनेको छ। राजधानी लुसाकास्थित युनिभर्सिटी अफ जाम्बियाले छात्राहरूलाई शालीन लुगा लगाउन आग्रह गर्दै पुस्तकालयमा सूचना टाँसेको छ।

उक्त दक्षिण अफ्रिकी देश सांस्कृतिक रूपमा रूढीवादी छ, तर विश्वविद्यालयका विद्यार्थीहरू नयाँ फेशनका पोशाकहरू लगाउन मन पराउँछन्।

पुस्तकालयको सूचनामा भनिएको छ, “छात्राहरू आधा शरीर देखिने गरी पुस्तकालय आउने गरेकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ। उनीहरू त्यसरी आउँदा अरूको ध्यान भङ्ग हुने गरेको छ।”

“अतः विश्वविद्यालयका सुविधाहरू प्रयोग गर्दा शालीन ढङ्गले पोशाक लगाउन हामी छात्राहरूलाई आग्रह गर्दछौँ।”

पुस्तक हेर, शरीर होइन’

तर केही छात्राहरूले विश्वविद्यालयको निर्देशनप्रति विमति जनाएका छन्। एक जना छात्रा दिकिना मुजेयाले भनिन्, “यदि पुस्तकालय जानुको उद्देश्य अध्ययन गर्नु हो भने तपाईँ केटीहरूका खुट्टा जस्ता अङ्ग किन हेर्नुहुन्छ?”

“खालि पुस्तकमा आफ्नो ध्यान केन्द्रित गर्नुहोस्।”

सूचनातस्वीर 

तर कतिपय छात्रहरू विश्वविद्यालयको कदमप्रति सहमत देखिन्छन्। एक जना छात्र किल्निनो फिरीले  भने, “महिलाहरूको शरीर कति आकर्षक हुन्छ भन्ने तपाईँहरूलाई थाहै छ नि।”

“तपाईँ पढिरहेका बेला यदि कुनै केटी मिनिस्कर्ट अथवा चिपिक्क टाँसिएको लुगा लगाएर हिँडेको देखियो भने कसरी एकाग्र हुन सक्नुहुन्छ?”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed