Breaking News.... EverestOnlineKhabar
June 26, 2026

ओलीले समीकरण बदल्ने भनेपछि प्रचण्डको कडा जवाफ–‘ एकता अवरुद्ध हुनसक्छ ’

Loading

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका सबै बिषय मिलिसकेको र अब घोषणा मात्रै बाँकी रहेको भनिएकाबेला एकाएका माहोल बिग्रन थालेको छ ।

प्रधानमन्त्री ओलीले माओवादीलाई लक्षित गर्दै सोमबार ट्वीटरमा समीकरण फेरवदल गर्न बानी परेकालाई विकास र सम्बृद्धिप्रति अरुची हुनसक्ने भनेर लेखेपछि दाहाल मात्र होइन उनको पार्टी नै रुष्ट भएको छ । मंगलबार बिहान बसेको माओवादी संसदीय दलको बैठकमा प्रधानमन्त्रीको ओलीको ट्वीटप्रति गरमागर्मी बहस भएपछि अध्यक्ष दाहाल पनि रन्किएका थिए । आफना सांसदहरुले ओलीको ट्वीटप्रति कडा टिप्पणी गर्न थालेपछि दाहालले पार्टी एकता अवरुद्ध हुनसक्ने चेतावनी दिएका छन । उनले पार्टी एकताका लागि एमाले अध्यक्ष ओलीसंग हालसम्म कुनै सहमति नभएको र समानताका आधारमा एमाले नगए एकता नै अवरुद्ध हुनसक्ने बताएका थिए ।

ओलीले सोमबार ‘सत्तासमीकरणको वानी परेकाहरु’ भन्दै ट्वटी गरेका थिए । उक्त ट्वीट आफुप्रति लक्षित भएको दाहालको बुझाई छ ।
पार्टी एकताका लागि ओली र दाहालबीच नियमित संवाद भैरहेका बेला यी दुई नेताबीच देखिने गरी आक्रोश पोखिएको छ । पार्टी एकता संयोजन समितिले एकताका लागि मिल्न वाँकी विषय टुंगाउन दुई अध्यक्षलाई जिम्मा दिएपछि प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डवीच धेरै पटक वान टू वान संवाद भएका छन् ।

माओवादी संसदीय दलका प्रमुख सचेतक देव गुरुङका अनुसार ओलीको उक्त ट्वीटले एकीकरण नै संकटमा पर्ने भएको भन्दै बास्तविकता के हो भनेर अध्यक्षसँग सांसदहरुले जवाफ मागेका थिए । त्यसक्रममा दाहालले प्रधानमन्त्री ओलीबाट आएको उक्त अभिव्यक्तिबाट आफु समेत आश्चर्यमा परेको भन्दै त्यसबारे आफुले तत्काल कुरा गर्ने जवाफ दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed