Breaking News.... EverestOnlineKhabar
June 26, 2026

प्रधानमन्त्री ओलीद्वारा सरकारको नीति कार्यक्रम र बजेटबारे पूर्व प्रधानमन्त्रीहरुसंग परामर्श, झलनाथ अनुपस्थित

Loading

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याउन लागेको नीति कार्यक्रम र बजेटबारे पूर्व प्रधानमन्त्रीहरुसंग परामर्श गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उहाँले पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, डा. बाबुराम भट्टराइ, शेरबहादुर देउवा, माधवकुमार नेपाल, लोकेन्द्रबहादुर चन्द र मन्त्रिपरिषदका पुर्व अध्यक्ष खिलराज रेग्मीसंग छलफल गर्नुभएको हो ।

बैठकमा पूर्व प्रधानमन्त्री एवम एमाले वरिष्ठ नेता झलनाथ खनाल भने सहभागि हुनु भएन । खनाल नेपाल बाहिर भएकाले छलफलमा सहभागि नभएको उहाँको सचिवालयले जनाएको छ ।

छलफलका क्रममा प्रधानमन्त्री ओलीले आगामी बजेटका प्राथमिकता निर्धारण तथा नीति तथा कार्यक्रममा समाबेश गर्ने बिषयबस्तुबारे पूर्व प्रधानमन्त्रीहरुसँग सुझाव माग्नु भएको थियो । पूर्वप्रधानमन्त्रीहरुले राष्ट्रिय क्रमभंग हुने गरी बजेट ल्याउन सुझाव दिएको बैठकमा सहभागी डा. बाबुराम भट्टराईले जानकारी दिनुभयो ।

सरकारले आगामी जेठ पहिलो साता यो बर्षको नीति तथा कार्यक्रम र जेठ १५ मा बजेट घोषणा गर्ने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed