Breaking News.... EverestOnlineKhabar
October 3, 2026

गोली लागी घाइते पाकिस्तानका गृहमन्त्री अहसान इकबालको अवस्था खतरामुक्त

Loading

बीबीसी । । पाकिस्तानका गृहमन्त्री अहसान इकबालमाथि गोली प्रहार भएको छ । उत्तर–पूर्वी शहर नरोवालमा पार्टी बैठकमा सहभागी हुन जाने क्रममा गृहमन्त्री इकबालमाथि एक जना व्यक्तिले गोली प्रहार गरेको हो । पाखुरामा गोली लागेर घाइते भएका उनको नरोवाल जिल्लाको अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

इकबाल पाकिस्तानको सत्तारुढ दल पाकिस्तान मुस्लिम लिग (नवाज) का सदस्य हुन । सुरक्षा अधिकारीहरुले गोली प्रहार गरेको आरोपमा २० वर्षका एक युवालाई पक्राउ गरिएको जनाएका छन् ।

गोली प्रहार गर्नुको कारण खुलेको छैन । पाकिस्तानका अधिकांश राजनीतिक दलले गृहमन्त्रीमाथि गोली प्रहार भएको घटनाको निन्दा गरेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed