Breaking News.... EverestOnlineKhabar
August 14, 2026

सरकारद्वारा यातायात व्यवसायीको लाज जोगाउन ‘सिण्डिकेट तोडेको औपचारिक सहमति’

Loading

काठमाडौँ । सरकारले सिण्डिकेटको पक्षमा आन्दोलन गर्ने यातायात व्यवसायीलाई घुँडा टेक्न बाध्य बनाएपनि उनीहरुको लाज ढाक्न औपचारिक सहमति गरिदिएको छ । व्यवसायीलाई धरपकड गरी उनीहरुको बैंक खातासमेत रोक्का गर्दै मुद्दा चलाउने तयारी गरेपछि व्यवसायी माफी माग्दै वार्तामा आएका थिए । सरकारले जनताको साथ पाउँदै सफलता पाएपनि व्यवसायीको इज्जतका लागि सहमतिको औपचारिकता पूरा गरिदिएको छ ।

व्यवसायीसंग विधिवत रुपमा नै सिन्डिकेटको अन्त्य गर्ने सहमति भएको छ । यातायात मन्त्रालयमा भएको बैठकमा यातायात व्यवसायीहरुले यातायात मन्त्री रघुविर महासेठ, मन्त्रालयका सचिव लगायत विभागका महानिर्देशकसँग सिन्डिकेट अन्त्य गरी कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरी सहमति गरेका छन्। उनीहरुले यातायात क्षेत्रमा रहेको सिन्डिकेट हटाउँदै जारी बन्द–हडतालका सम्पूर्ण कार्यक्रमहरु औपचारिक रुपमा फिर्ता लिँदै सरकारको कदमलाई सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन्।

सरकार र व्यवसायीबीच भएको सम्झौताबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री महासेठले सिन्डिकेट अन्त्य गरेसँगै यातायात क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन कार्यदल समेत गठन गर्ने सहमति भएको बताए।
अब एउटा मात्रै सवारी भएका व्यवसायीले पनि निर्वाध रुपमा सवारी सञ्चालन गर्न पाउने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed