![]()
जनकपुर । परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न भ्रमण तयारीबारे बुझ्न जनकपुर पुगेका छन ।
मन्त्री ज्ञवाली उच्चस्तरीय टोलीसहित जनकपुर पुगेका हुन् । उनले मुख्यमन्त्री लालबाबु राउतसहितको बैठक राखेर भ्रमण तयारीबारे जानकारी लिएका छन् ।
छलफलपछि मन्त्री ज्ञवालीले जनकपुर उपमहानगरले गरिरहेको तयारी सन्तोषजनक रहेको प्रतिक्रिया दिए । मन्त्री ज्ञवालीका अनुसार जानकी मन्दिरमा पूजापाठ र नागरिक अभिनन्दन मुख्य कार्यक्रम रहेको छ ।
मोदीको स्वागतको तयारीबारे बुझन मन्त्री ज्ञवालीसंगै भारतीय राजदूत मञ्जिव सिंह पूरी पनि जनकपुर गएका थिए ।


