Breaking News.... EverestOnlineKhabar
August 16, 2026

म्याच फिक्सिङ रोक्न तत्काल कानून आवश्यक : नवनिर्वाचित अध्यक्ष शेर्पा, एन्फा

Loading

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष कर्मा छिरिङ शेर्पाले म्याच फिक्सिङ रोक्न तत्काल कानून आवश्यक रहेको बताएका छन् । आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘म्याच फिक्सिङको अन्त्य गर्न तत्काल कानून आवश्यक छ, त्यो कानून ल्याउनको लागि सरोकारवाला निकाय, सरकार र संसदले विशेष पहल लिनुपर्छ ।’

उनले अनुशासन कमिटी र एपिल कमिटी गठन गरेर खेलमा रहेका सबैखाले मिलेमतोहरु रोक्ने विश्वास समेत दिलाए ।  अध्यक्ष शेर्पाले पछिल्लो समय फुटबलमा ‘म्याच फिक्सिङ’ गरेको आरोप लागेको बताउँदै भने, ‘फुटबलमा नीतिगत पारदर्शीता हुनुपर्छ, हामी अब त्यसैमा केन्द्रित हुन्छौं, यसका लागि विज्ञहरुसँग छलफल गरेर उपयुक्त नीति बनाउँछौं ।’ एन्फामा देखिएको अनियमितता रोक्नको लागि आर्थिक नियामावली जारी गरेर पारदर्शीता कायम गर्ने उनको भनाई थियो ।

अध्यक्ष शेर्पाले फूटबल प्रशासनलाई आईटीमा लैजाने पनि विश्वास दिलाए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.