![]()
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग गणतन्त्र सर्बियाका प्रथम उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री इभिका डेसिसले राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका छन् । त्यसअवसरमा नेपाल–सर्बिया सम्बन्ध तथा आपसी हित र चासोका विषयमा विचार–विमर्श भएको थियो ।
भेटमा नेपाल र सर्बिया सरकारका उच्चपदस्थ अधिकारीका साथै नेपालका लागि उक्त मुलुकका गैरआवासीय राजदूतको उपस्थिति थियो ।


