Breaking News.... EverestOnlineKhabar
August 17, 2026

त्रिविसभा वैठक स्थगनवारे उपकुलपति खनियाँको बयानप्रति प्रधानमन्त्री सचिवालयको असन्तुष्टि

Loading

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार डा.कुन्दन अर्यालले त्रिविसभा वैठक स्थगनवारे उपकुलपति तीर्थ खनियाँको वयानप्रति असन्तुष्टि जनाउनुभएको छ ।

खनियाँले आइतबारका लागि निर्धारित सिनेट बैठक प्रधानमन्त्रीको अस्वस्थताका कारण स्थगन भएको बताउनु भएपछि प्रधानमन्त्री सचिवालयले त्यसको खण्डन गरेको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार अर्यालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था ठीक रहेको बताउँदै सिनेट बैठकमा लैजान लागिएको कार्यसूची नै स्पष्ट नभएपछि प्रधानमन्त्री सहभागि नहुने जानकारी गराइएको बताउनुभयो ।

‘प्रधानमन्त्री शनिबार दुई वटा कार्यक्रममा सहभागी हुनुभएको थियो भने आइतबार बिहानैदेखि विभिन्न कार्यक्रममा सहभागी हुनुभएको छ’ अर्यालले भन्नुभयो,‘सिनेट बैठकमा लैजान लागिएका कार्यसूची नै स्पष्ट नभएपछि प्रधानमन्त्री त्यहाँ सहभागी नहुनु भएको हो ।’ उहाँले प्रधानमन्त्रीको स्वास्थ्यलाई देखाएर विषयवस्तु अन्यत्र मोड्न खोजिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.