Breaking News.... EverestOnlineKhabar
October 3, 2026

खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाली सेना च्याम्पीयन

Loading

खोटाङ ।   खोटाङमा सम्पन्न सर्वाधिक राशीको खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाली सेना च्याम्पीयन बनेको छ। सुरुदेखि नै अग्रता कामय गरेको नेपाली सेनाले ९ स्वर्ण, ५ रजत र २ कास्य सहित पहिलो भएको हो।

नेपाल सितोरियो कराते संघको आयोजनामा दिक्तेलको माटिकोरे खेलमैदानमा भएको प्रतियोगितामा पाहुना टोली भारतले २ स्वर्ण, ४ रजत र ५ कास्य सहित दोश्रो स्थान प्राप्त गरेको छ। प्रतियोगितामा १ कास्यसहित पाहुना टोली श्रीलंकाले तेश्रो स्थान प्राप्त गरेको  छ ।

नेपालकातर्फबाट नेपाली सेनाले पुरुष कुमितेतर्फ ४५ केजी समुहमा स्वणीम मानन्धर, ४५ केजी समुहमा साजन मोक्तान, ४० केजी महिला कुमितेमा बुद्धलक्ष्मी तामाङ, ६१ केजी समुहमा सम्झना घिसिङ, ६७ केजी समुहमा विभुषा थापा, एकलकाँतातर्फ डम्बर आले मगर तथा महिला र पुरुष टिम काँतामा स्वर्ण पदक जितेका छन् ।

यस्तै, भारतका लागि महिला एकलकाँतामा भन्सीका तन्वार र ५० केजी कुमितेमा अर्पणा चाहानले स्वर्ण जितेकी हुन्। श्रीलंकाका लागि कुमिते ६० केजी तौल समुहमा आरएनआइजी पाथारभाकलेले एक मात्र कास्य पदक दिलाएको आयोजकले जनाएको छ।

प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुने टिमले क्रमशः ७० हजार, ३५ हजार र २५ हजार नगदको साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed