Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

एजेन्सी । विश्व क्रिकेटको एकदिवसीय राष्ट्रको वरियतामा इंग्ल्यान्ड शीर्ष स्थानमा उक्लिएको छ  । अन्तर्राष्ट्रिय क्रिकेट परिसद (आईसिसी) ले  सार्वजनिक गरेको वरियतामा भारतलाई पछि पार्दै इंग्ल्यान्ड शीर्ष स्थानमा उक्लिएको हो ।

आईसिसीले जारी गरेको वरियतामा इंग्ल्यान्डले १२५ अंक प्राप्त गरेको छ । यो पटक इंग्ल्यान्डले गत महिनाभन्दा ८ अंक बढी प्राप्त गरेको हो । दोस्रो स्थानमा रहेको भारतले १२२ अंक प्राप्त गरेको छ । त्यस्तै ११३ अंकसहित दक्षिण अफ्रीका तेस्रो, ११२ अंकसहित न्युजिल्यान्ड चौथो र १०४ अंकसहित अष्ट्रेलिया पाँचौ स्थानमा रहेको छ  ।

त्यस्तै पाकिस्तान,बंगलादेश, श्रीलंका, वेष्ट इण्डिज र अफगानिस्तान क्रमश छैटौंदेखि दशौं स्थानमा रहेका छन्  । जिम्बावे ११ र आयरल्याण्ड १२ औं स्थानमा रहेका छन् ।

एकदिवसीय वरियतामा इंग्ल्यान्डसँग पछि परेको भारत टेष्ट वरियतामा भने शीर्ष स्थानमा छ । भारतले १२५ अंक प्राप्त गर्दै टेष्ट वरियतामा शीर्ष स्थान हात पारेको हो । दक्षिण अफ्रीका ११२ अंकसहित टेष्ट वरियताको दोस्रो स्थानमा रहदा १०६ अंकसहित अष्ट्रेलिया तेस्रो स्थानमा रहेको छ । टेष्ट वरियतामा न्युजिल्यान्ड चौथो र इंग्ल्यान्ड पाँचौ स्थानमा रहेको छ ।

आईसिसीले निकालेको टि – ट्वान्टी वरियतामा पाकिस्तान शीर्ष स्थानमा रहेको छ । कुल १३० अंक पाएको पाकिस्तानले अष्ट्रेलियालाई पछि पारेको हो । अष्ट्रेलियाले १२६ अंक पाएको छ । यस्तै टि – ट्वान्टी वरियतामा भारत तेस्रो,न्युजिल्यान्ड चौथो र इंग्ल्यान्ड पाँचौ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.