Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

एजेन्सी।  बलिउड अभिनेत्री सोनम कपुर र आनन्द आहूजाको विवाहको तारिख घोषणा भएको छ। सम्बन्धबारे विभिन्न अफवाह र गसिपलाई पूर्णविराम लगाउँदै दुवै परिवारले विवाहको मिति तय गरेका हुन्। सोनमले आउँदो मे ८ मा आफ्ना प्रेमी तथा दिल्लीका व्यापारी आनन्द आहूजासँग विवाह गर्दै छिन्।

बलिउड अभिनेता अनिल कपुरले आफ्नी छोरी सोनमको विवाह मुम्बईमा गराउनेछन्। सोसल मिडियामा सार्वजनिक भएका केही तस्बिरहरुमा अनिल कपुरको निवास सजाइएको र उनी पत्नीसहित विवाहको तयारीमा जुटेको देखिएको छ।

कपुर र आहूजा दुवै परिवारले संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कपुर र आहूजा परिवारलाई सोनम र आनन्दको विवाहको घोषणा गर्दा खुसी लागिरहेको छ। विवाह मे ८ मा मुम्बईमा हुनेछ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘विवाह निजी मामिला भएकाले हामी तपाईंहरुसँग परिवारको निजत्वको आवश्यकतालाई सम्मान गर्न आग्रह गर्छौं। आफ्नो जीवनको यो खास अवसरमा उत्सव मनाउँदै हामी तपाईंको आशीर्वाद र प्रेमको लागि सबैप्रति आभार व्यक्त गर्छौं।’

सोनमको घरमा साजसज्जासहित विवाहको तयारी व्यापक रुपमा चलिरहेको छ। ३२ वर्षीया अभिनेत्री र दिल्लीका फेसन कारोबारी पछिल्लो केही वर्षदेखि प्रेममा थिए। दुवैलाई प्राय: सँगै देखिँदै आए पनि उनीहरुले आफ्नो सम्बन्धबारे कहिल्यै आधिकारिक रुपमा बताएका थिएनन्।

सोनम अभिनीत नयाँ फिल्म ‘वीरे दी वेडिङ’ जून १ मा रिलिज हुनेछ। फिल्ममा सोनमसँगै करिना कपुर खान, स्वरा भास्कर र शिखा तल्सानियाको मुख्य अभिनय छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.