Breaking News.... EverestOnlineKhabar
June 28, 2026

बजेट अधिवेशनको कार्यसूची सार्वजनिक, जेठको पहिलो साता राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

Loading

काठमाडौं ।  बैसाख २३ गतेदेखि सुरु हुने संसद्को दोस्रो अधिवेशन (बजेट अधिवेशन) को कार्यसूची सार्वजनिक भएको छ। प्रतिनिधिसभाको दोस्रो अधिवेशन २३ गते दिसँसो ४ बजे सुरु हुनेछ। सोही दिन यसअघि जारी रहेका अध्यादेशहरु प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ।

यस्तै जेठको पहिलो हप्ता राष्ट्रपति विद्यादेवी भण्डारीबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची बनेको छ। आर्थिक वर्ष २०७५/७६ वार्षिक बजेट जेठ १५ गते प्रस्तुत हुनेछ। यसका लागि अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको प्रिबजेट विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि बैसाख २६ देखि तीन दिनसम्म सभामा छलफल हुनेछ।

संसद्को पहिलो अधिवेशन भने चैत २० गते अन्त्य गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.