Breaking News.... EverestOnlineKhabar
August 31, 2026

Loading

एजेन्सी । पाकिस्तानका अफ स्पिनर मोहम्मद हफीजलाई आइसिसिले गरेको निलम्बन फुकुवा गरेको छ। आईसीसीले हफीजमाथि लागेको आरोप अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले एक स्वतन्त्र परीक्षण पश्चात् गलत साबित भएपछि उनीमाथि लागेको आरोप गलत साबित भएको हो। उनलाई गलत बलिङ्ग एक्शनका कारण निलम्बन गरिएको थियो।

परीक्षणका क्रममा हफिजको हात आइसीसीको नियमअनुसार १५ डिग्रीभन्दा बढी घुमेको भन्दै आइसीसीले उनलाई अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ गर्न नपाउने गरी निलम्बन गरेको थियो। हफीजमाथि वैशाख ५ गते लोगबोरो यूनिभर्सिटीमा पुन: परीक्षण भएको थियो। यसमा उनले आइसिसिको नियमभित्रै रहेर बलिङ गरेका थिए।

हफिजलाई अबुधावीमा खेलिएको श्रीलंकाविरुद्धको तेस्रो एकदिवसीयमा शंकास्पद बलिङ्ग एक्शनमा दोषी पाइएको थियो। त्यसपछि हाफिजको नोभेम्बर १ तारीखका दिन स्वतन्त्र परिक्षण गरिएको थियो।

अन्तर्राष्ट्रिय क्रिकेटमा हाफिजको यो पहिलो निलम्बन भने होईन। ३७ बर्षिय हाफिज ३ बर्षमा ३ पटक गलत बलिङ्ग एक्शनका कारण निलम्बनमा परिसकेका छन् । यसैबीच वेस्टइन्डिजका रोन्सफोर्ड बिटनले भने सफाइ पाएका छैनन्। उनलाई पनिआइसिसिले गलब बलिङ एक्सनका कारण निलम्बन गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.