Breaking News.... EverestOnlineKhabar
June 28, 2026

एन्फा निर्वाचनको अन्योल कायमै, फुटबल प्रेमी चिन्तित

Loading

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनको अन्यौल  कायम रहँदा नेपाली फुटबलको भविष्य नै के हुने भन्ने चिन्ता छाएको छ। पाटन उच्च अदालतले अन्तरीम आदेश खारेज गरेसँगै २२ वैशाखमा निर्वाचन हुने पक्का जस्तो देखिएपनि संस्थापन पक्षका अध्यक्षका प्रत्यासी मणी कुंवरनै निर्वाचनको मिती विधान विपरीत तोकिएको भन्दै रुष्ट छन्।

एन्फालाई निर्धारित मितिमा निर्वाचन गर्न एएफसी र फिफाले पटक-पटक चेतावनी दिंदै आएका छन्। अबपनि निर्वाचन रोकिएमा नेपाललाई प्रतिबन्ध लगाउने चेतावनी फिफाले दिंदै आएको छ। साथै निर्वाचन कमिटीले सार्वजानिक सूचना नै प्रकाशन गरिसकेकाले निर्वाचन स्थगित हुने सम्भावना कमजोर छ।

मणि कुँवर समूहले निर्वाचनको मिति निर्वाचन समितिले नभई एन्फाको कार्यकारिणी समितिले तय गर्ने भएकाले कार्यकारिणी समितिले कुनै निर्णय नगरेको दाबी गरेको छ । त्यस्तै, उसले राष्ट्रिय खेलकुद परिषद्ले संघको विधान पास नगरेको जिकिर पनि गरेको छ । साथै उसले १४ अदालतको आदेशपछिको ६० दिनलाई आधार मानेर मिति घोषणा गर्नुपर्ने बताएको छ। यद्धपि उनीहरुले २२ वैशाखको निर्वाचनको विषयमा भने केहिपनि बोलेका छैनन्।

विभिन्न चरण पार गर्दे एन्फा निर्वाचन हुन केही दिन बाँकी रहँदा अदालतमा मुद्दा दायर भएर प्रक्रिया स्थगित भएको थियो । त्यसैले, स्थगित प्रक्रियाले निरन्तरता पाएकाले पनि त्यसलाई फेरि अघि बढाउन आवश्यक नरहेको अर्का प्रत्यासी कर्मा छिरिङ शेर्पाको बुझाई छ । शेर्पा समुहले कुनैपनि हालतमा निर्वाचन गर्नु पर्ने बताउँदै आएको छ। विश्व फुटबलको नियमनकारी निकाय फिफा र एएफसीका प्रतिनिधि निर्वाचनको मिति तय भएसँगै काठमाडौं आउने पक्का भइसकेको छ। २२ वैशाखका लागि हुने निर्वाचनका लागि उनीहरू २१ वैशाखमा काठमाडौंमा आइपुग्ने जानकारीसमेत गराइसकेकाले अब फेरि पनि निर्वाचन स्थगित भएमा नेपाली फुटबल प्रतिबन्धको जोखिममा पर्ने निश्चित छ त्यसैलेपनि समयमानै एन्फा निर्वाचन गराउनु पर्ने दायित्व वर्तमान एन्फा नेतृत्वलाइ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.