Breaking News.... EverestOnlineKhabar
August 11, 2026

रामचन्द्र पौडेललाई उत्तेजित नहुन सशांक कोइरालाको सुझाव

Loading

काठमाडौं । गत चैत ९ गते सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न भैसक्दा पार्टी एक ढिक्का हुनुभन्दा पनि विवाद छताछुल्ल भएको छ । निर्वाचनको समीक्षा गर्न बोलाइएको बैठक आरोप प्रत्यारोपमा मात्र केन्द्रीत भएन बैठक समापन भैसक्दा विवाद झन चर्केको छ । बैठक सर्वसम्मत रुपमा सामुहिक निर्णय गर्दै समापन भएको सन्देश प्रवक्ता बिश्वप्रकाश शर्माले दिइरहेकाबेला वरिष्ठ नेता रामचन्द्र पौडेलले अलग्गै पत्रकार सम्मेलन गरी केन्द्रीय समिति बैठकको निर्णयप्रति आफनो असहमति रहेको प्रतिक्रिया दिएका थिए ।

वरिष्ठ नेता पौडेलले केन्द्रीय कमिटी बैठकको निर्णयप्रति सहमति नभएको भन्दै गम्भीर प्रतिक्रिया दिइसकेपछि महामन्त्री डा. सशांक कोइरालाले पौडेललाई उत्तेजित नहुन सल्लाह दिएका छन् ।

महामन्त्री कोइरालाले सोमबार विहान पार्टी कार्यालय सानेपामा संचारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै भने ‘बहुमतीय प्रक्रियाबाट निर्णय लिएको’ भन्ने वरिष्ठ नेता पौडेलको अभिव्यक्तिको खण्डन गरे । पार्टी केन्द्रिय कार्य समिति बैठक सर्वसम्मतिले सम्पन्न भएपनि वरिष्ठ नेता पौडेलले तत्सम्बन्धमा आवेगमा आएर प्रतिक्रिया दिएको महामन्त्री कोइरालाको आरोप छ ।

कोइरालाले आगामी शुक्रबार बस्ने पार्टीको केन्द्रिय निर्वा्चित सदस्यहरुको बैठकले पदाधिकारी मनोनयन गर्ने दावी पनि गरे । शुक्रबारको बैठकमा वरिष्ठ नेता पौडेल पक्षलाई ल्याउने जिम्मवारी आफनो भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed