Breaking News.... EverestOnlineKhabar
June 4, 2026

पौडेल पक्षको धम्कीपछि कांग्रेसमा पदाधिकारी मनोनयनमा ढिलाई, अब बैशाख २१ गते छलफल हुने

Loading

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रिक्त पदाधिकारी मनोनयन प्रस्ताव पेश गर्न सोमबार बिहान बोलाएको केन्द्रीय समिति बैठक बैशाख २१ गतेसम्मका लागि स्थगित भएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षले केन्द्रीय समिति बैठक बहिष्कार गर्ने चेतावनी दिएपछि महामन्त्री डा. सशांक कोइरालाको प्रस्तावमा बैठक स्थगित गरिएको हो । आपसमा छलफल नै नगरी एकतर्फीरुपमा पदाधिकारी मनोनयन गर्न खोजेको भन्दै पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षले बहिष्कारको धम्की दिएको थियो ।

कांग्रेस प्रवक्ता बिश्वप्रकाश शर्माले अब बैशाख २१ गते बस्ने केन्द्रीय समिति बैठकमा सभापति देउवाले पदाधिकारी मनोनयनका प्रस्ताव पेश गर्ने जानकारी दिनुभयो ।

कांग्रेस विधान अनुसार २ महिना भित्र गरिसक्नु पर्ने पदाधिकारी मनोनयन २ बर्ष सम्म हुन सकेको छैन। अघिल्ला कार्यकालमा पनि यही परम्परा भएको सभापति देउवाको दाबी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed